कोरिया । हाल द्क्षिण कोरिया, सौल स्थित क्वाङ्वून युनिभर्सिटीमा प्राध्यापकको रुपमा कार्यरत डा.भानु श्रेष्ठलाई सङ्बुक्–गु छङ (Seongbuk District Office, Seoul) को मेयर किम यङ बेले सङ्बुकको मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । मे ७ मा भएको उक्त सम्मान कार्यक्रम सङ्बुक महोत्सब् 2012 को अबसरमा गरिएको थियो ।
यस महोत्सबमा डा.श्रेष्ठ लगाएत कोरिया स्थित टर्की र सिङगापुर राजदुताबासका एक एक जना कुटनितिकज्ञहरुलाई सम्मान गरिएको थियो । बाह्य र भित्री तवरबाट सङ्बुक सङ्बुक्–गुको छबिलाई माथी उठाइ जिल्ला बिकासको निमित्त योगदान पुर्याउने प्रतिष्ठित ब्यक्तिलाई धन्यबाद स्वरुप मानार्थ नागरिक दिने गरेको छ ।
कोरियामा २० बर्ष अगाडी देखी बस्दै आउनुभएको डा.श्रेष्ठ अहिले प्राध्यापन क्षेत्र लाग्नु भएपनि नेपाल र नेपालीलाई चिनाउने काममा लागिनरहनु भएको छ । हाल कोरियाको सौल स्थित सङ्बुक्–गुमा बिभिन्न सामाजिक कार्य अनि नेपाल कोरिया बिच सास्कृतिक आदान प्रदानमा सकृय भूमिका निर्बाह गर्दै आउनुभै सङ्बुक्–गुको बिकासमा योगदान पुर्याउनु भएकोले सङ्बुक्(गुको मानार्थ नागरिकबाट सम्मानित हुनुभएको हो ।
Comments
Post a Comment